३ वर्ष पहिले
फागुन-५, नेपाल आयल निगमले मूल्य बढाएको दुई हप्ता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
निगमले जनाए अनुसार इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको निगमले जनाएको छ ।
यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा आयल निगमले करीब २४ अर्व नोक्सानी बेहोरी सकेको निगमले जनाएको छ । प्रति महिना निगमले ४ अर्व भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमको भनाई छ ।