× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा १० संक्रमित थपियो, निको हुने संख्या ४४

    ३ वर्ष पहिले

    फागुन-५,चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिदा ४४ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा २ सय ८४ जनाको पिसिआर परीक्षण गर्दा ९ जना र २१ जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ६,खैरहनी नगरपालिका र माडी नगरपालिकाको शुन्य, रत्ननगर नगरपालिकाको २, राप्ती नगरपालिका शुन्य कालिका नगरपालिक २ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरि जम्मा १० जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्य ५ सय ७९ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ३ सय २५,खैरहनी नगरपालिकाको ४५, माडी नगरपालिकाको ७१, रत्ननगर नगरपालिकाको ९६, राप्ती नगरपालिकाको १८, कालिका नगरपालिकाको २१ र ईच्छाकामना गाउँपालिकाको ३ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये २२ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ५ सय ५७ जना घरको आइसोलेसनमा रहेका छन