× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ११ संक्रमित थपियो, निको हुने संख्या १३५

    ३ वर्ष पहिले

    फागुन-६,चितवनमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित थपिदा १ सय ३५ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १० जना र २२ जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको १२,खैरहनी नगरपालिका, माडी नगरपालिकाको , रत्ननगर नगरपालिकाको, राप्ती , कालिका नगरपालिक र ईच्छाकामना गाउँपालिकाको शुन्य गरि जम्मा ११ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्य ४ सय ५५ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ सय ४८,खैरहनी नगरपालिकाको ३१, माडी नगरपालिकाको ५७, रत्ननगर नगरपालिकाको ६४, राप्ती नगरपालिकाको १४, कालिका नगरपालिकाको १८ र ईच्छाकामना गाउँपालिकाको ३ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये २० जना विभिन्न अस्पतालको आइसोलेसनमा र ४ सय ३५ जना घरको आइसोलेसनमा रहेका छन