× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४ सय ३७ संक्रमित थपिए, निको हुनेको संख्या २४५४

    ३ वर्ष पहिले

    फागुन-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १३ हजार ५ सय ४४ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ६९ हजार ६ सय ६४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ९ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ३२ हजार १ सय ७९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १३ हजार ८ सय २८ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय ७ जना रहेको छ।

    २४ घण्टामा २ हजार ४ सय ५४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ४८ हजार ७ सय ८४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय १३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ४४ जना र भेन्टिलेटरमा २३ जनाको उपचार भईरहेको छ।