× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

    ३ वर्ष पहिले

    फागुन-८, नेपाल आयल निगमले मूल्य बढाएको तीन हप्ता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ ।

    एलपी ग्यासको साथै हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

    यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।