× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २ सय ६२ संक्रमित थपिए, निको हुनेको संख्या १३३८

    ३ वर्ष पहिले

    फागुन-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १४ हजार १सय ५६ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ५ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा २ सय २९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ७९ हजार ७ सय ७४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार २ सय ४३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ३८ हजार ९ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ११ हजार ७ सय ५४ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ९० जना रहेको छ।

    २४ घण्टामा १ हजार ३ सय ३८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.३९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ३६ जना र भेन्टिलेटरमा १४ जनाको उपचार भईरहेको छ।