× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३ सय ८८ संक्रमित थपिए, निको हुनेको संख्या १२०५

    ३ वर्ष पहिले

    फागुन-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १४ हजार ५ सय ४४ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार २ सय २५ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ८४ हजार ९ सय ९९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ९ सय १५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ४१ हजार ९ सय १३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २ सय ८२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १० हजार ८ सय १९ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ६३ जना रहेको छ।

    २४ घण्टामा १ हजार २ सय ५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५२ हजार ५ सय ९९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.४६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ३९ जना र भेन्टिलेटरमा १९ जनाको उपचार भईरहेको छ।