३ वर्ष पहिले
फाल्गुण ९, मुग्लिन
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को विरुद्धमा देशव्यापी रुपमा विरोध प्रदर्शन भएको छ ।
यसै क्रममा चितवनको मुग्लिनमा पनि एमसिसिको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रियता रक्षाको निम्ति चितवनको इच्छाकामना गाउँपालिका भित्र रहेका देशभक्त राष्ट्र प्रेमी युवाहरुको समुहले सोमबार बेलुकी मुग्लिनमा विरोध प्रदर्शन गरेका हुन् ।
¥यालीमा सहभागीहरुले राष्ट्रघाति सम्झौता एमसिसि खारेज गर, राष्ट्रघाती होसियार, राष्ट्रिय स्वाधिनता कायम गर, देश बेच्न पाइदैन, देशभक्त नेपाली एक हौँ, पेट्रोलियम पदार्थको मुल्य खारेज गर लगाएतका नारा सहित मुग्लिन बजार परिक्रमा गरेका थिए ।
प्रगति टोलबाट शुरु गरिएको ¥याली विचबजार हुदै मुग्लिन चोकमा पुगेर सभामा परिणत भएको थियो । एमसिसि पास भएमा अमेरिकाले नेपाललाई आफ्नो अधिनमा लिने भएको हुँदा यस्तो राष्ट्रघाति सम्झौता कुनै पनि हालतमा कायम गर्न नहुने विरोध ¥यालीका संयोजक स्थानीय युवा तथा व्यवसायी रामहरी कँडेलले बताउनुभयो ।
त्यस्तै विरोध सभामा सहभागीहरुले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने र फिर्ता गराउनको लागि सम्पुर्ण देशभक्त नेपालीहरु एक हुनुपर्ने बताएका थिए ।