× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ३ संक्रमित थपियो, निको हुने संख्या ५०

    ३ वर्ष पहिले

    फागुन-१०, चितवनमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिदा ५० जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा २ सय १० जनाको पिसिआर परीक्षण गर्दा २ जना र ४ जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको २, माडी नगरपालिका १ र अन्य पालिकामा शुन्य गरि ३ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्य २ सय ९३ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १ सय ७५,खैरहनी नगरपालिकाको २३, माडी नगरपालिकाको २८, रत्ननगर नगरपालिकाको ४२, राप्ती नगरपालिकाको १०, कालिका नगरपालिकाको १४ र ईच्छाकामना गाउँपालिकाको १ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ११ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २ सय ८२ जना घरको आइसोलेसनमा रहेका छन।