× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४ सय ७६ संक्रमित थपिए, निको हुनेको संख्या ८३१

    ३ वर्ष पहिले

    फागुन-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १४ हजार ७ सय २१ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ६ सय ४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ९१ हजार ६ सय ३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ८ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ४४ हजार ७ सय ३३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १० हजार ७ सय ४७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १० हजार ३ सय ६७ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ८९ जना रहेको छ।

    २४ घण्टामा ८ सय ३१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५३ हजार ४ सय ३० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १५ जना र भेन्टिलेटरमा १९ जनाको उपचार भईरहेको छ।