× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ३ संक्रमित थपियो, निको हुने संख्या ४९

    ३ वर्ष पहिले

    फागुन-११, चितवनमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिदा ४९ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ३ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ३ जना र १२जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको १, माडी नगरपालिका १, राप्ती नगरपालिकामा १ र अन्य पालिकामा शुन्य गरि ३ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्य २ सय ४९ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १ सय ४४,खैरहनी नगरपालिकाको २०, माडी नगरपालिकाको २२, रत्ननगर नगरपालिकाको ३९, राप्ती नगरपालिकाको १०, कालिका नगरपालिकाको १३ र ईच्छाकामना गाउँपालिकाको १ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ११ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २ सय ३८ जना घरको आइसोलेसनमा रहेका छन।