× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ३ संक्रमित थपियो, निको हुने संख्या ४३

    ३ वर्ष पहिले

    फागुन-१२, चितवनमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिदा ४३ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १ सय ७० जनाको पिसिआर परीक्षण गर्दा ३ जना र १६ जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ३ र अन्य पालिकामा शुन्य गरि ३ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्य २ सय ९ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १ सय २३,खैरहनी नगरपालिकाको १७, माडी नगरपालिकाको १२, रत्ननगर नगरपालिकाको ३५, राप्ती नगरपालिकाको ९, कालिका नगरपालिकाको १३ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ९ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २ सय जना घरको आइसोलेसनमा रहेका छन।