× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३ सय १८ संक्रमित थपिए, निको हुनेको संख्या ५६२

    ३ वर्ष पहिले

    फागुन-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १५ हजार ६ सय ५० जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख २ हजार २ सय १४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार २ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ५० हजार ५ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ७८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार ४ सय ६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ७२ जना रहेको छ।

    २४ घण्टामा ५ सय १६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५४ हजार ९ सय ३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९३ जना र भेन्टिलेटरमा १७ जनाको उपचार भईरहेको छ।