३ वर्ष पहिले
फागुन-१३, चितवनमा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित थपिदा ६१ जना संक्रमित निको भएको छ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा १ जना र ११ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना कोरोना पुष्टि भएका छन्।
कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको १, रत्ननगर नगरपालिकामा १ र अन्य पालिकामा शुन्य गरि जम्मा २ जना कोरोना संक्रमित थपिएका छन्।
चितवनमा सक्रिय संक्रमितको संख्य १ सय ५० जना रहेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ९३,खैरहनी नगरपालिकाको १०, माडी नगरपालिकाको १०, रत्ननगर नगरपालिकाको २२, राप्ती नगरपालिकाको ६, कालिका नगरपालिकाको ९ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।
सक्रिय संक्रमित मध्ये ६ जना विभिन्न अस्पतालको आइसोलेसनमा र १ सय ४४ जना घरको आइसोलेसनमा रहेका छन्।