३ वर्ष पहिले
फागुन-१३, प्रतिनिधिसभाको आजका लागि बोलाएको बैठक १५ गते आइतबार बस्ने गरी सारिएको छ ।
सरकारका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।
कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
यसअघि बिहीबार पनि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको थियो ।