३ वर्ष पहिले
फागुन-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १५ हजार ९ सय २५ जना पुगेको छ ।
२४ घण्टामा ५ हजार ४ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ७ हजार ६ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ३ हजार १ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ५० हजार ६ सय ७९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ८० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार २६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ५४ जना रहेको छ।
२४ घण्टामा ५ सय ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.६१ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९२ जना र भेन्टिलेटरमा १५ जनाको उपचार भईरहेको छ।