× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तेजविलासको ‘उच्छेद’ मुक्तक संग्रह विमोचन

    ३ वर्ष पहिले

    फागुन-१४, चितवनको इच्छाकामना-३चुम्लिङटारमा साहित्यकर एवं समालोचक तेजविलास अधिकारीद्वारा रचित “उच्छेद” मुक्तक संग्रह शुक्रबार विमोचन भएको छ।

    समाजसेवी नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवं कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा भगवति अर्यालले स्वागत मन्तब्य राखेका थिए ।

    उक्त विमोचनको समिक्षा वरिष्ठ साहित्यकार तथा सह प्राध्यापक डा. धनेश्वर भट्टराईकोले गर्नु भएको थियो । विमोचन कार्यक्रममा कविहरु अनिल श्रेष्ठ, माधवप्रसाद खनाल, रमेश खतिवडा लगायतका उपस्थिति रहेको थियो ।

    अधिकारीको गजलको माध्यमबाट समाजमा बढ्दै गईरहेको बिकृति तथा बिसंगतिहरु पूर्ण रुपमा समाप्त हुदै सामाजिक रुपान्तरणमा सकारात्मक टेवा पुग्ने विश्वासका साथ अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    स्थानीय राजनैतिककर्मि, बुद्धिजिवी एवं साहित्यकारहरुको बाक्लो उपस्थिति कार्यक्रम ईश्वर पौडेलले सञ्चालन गरेको थियो।

    सो विमोचन कार्यक्रममा चितवन, तनहुँ, गोरखा, धादिङका साहित्यकारहरूको समेत जमघट रहेको थियो।