× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा शुन्य संक्रमित, निको हुने संख्या २५

    ३ वर्ष पहिले

    फागुन-१५, चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ संक्रमित शुन्य रहँदा २५ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन परीक्षण नहुँदा कोरोनाको नयाँ संक्रमित शुन्य भएकाे हो।

    चितवनमा सक्रिय संक्रमितको संख्य १ सय ४ जना रहेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ६७ ,खैरहनी नगरपालिकाको ४, माडी नगरपालिकाको १०, रत्ननगर नगरपालिकाको १३, राप्ती नगरपालिकाको ५, कालिका नगरपालिकाको ५ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४ जना विभिन्न अस्पतालको आइसोलेसनमा र १ सय जना घरको आइसोलेसनमा रहेका छन्।