× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    फागुन-१६, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।प्रदेश १, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना सहेको छ।