× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    मुग्लिन पुलजिपमा १४ लाखको लगानीमा खानेपानी, भान्सा घर तथा शौचालय बन्ने भएको छ, गा.पा. अध्यक्ष थापाद्धारा शिलन्यास

    ३ वर्ष पहिले


    फाल्गुण १७, आँबुखैरेनी, । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित मुग्लिन पुलजिपमा करिब १४ लाख रुपैयाँको लागतमा खानेपानी, भान्सा घर तथा शौचालयको निर्माण हुने भएको छ । उक्त कार्यको सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले शिलान्यास गरेका हुन् । लामो समयदेखि स्थानीयहरुले खानेपानीको समस्या भोग्दै आएको हुँदा वडा नं. ४ को कार्यालयबाट खानेपानी निर्माण आयोजनाको लागि ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष नेत्र गुरुङले बताए । सो बजेटबाट पुलजीपमा रहेका २७ घरधुरीको लागि ३० हजार लिटरको पानी ट्याङकी निर्माण हुने पुलजिप उपभोक्ता समितिका अध्यक्ष बिजय गुरुङ्गले जानकारी दिए । यस्तै पुलजीप युवा क्लवले निर्माण गरेको समाजघर अगाडी गाउँपालिकाले उपलब्ध गरेको ५ लाख रुपैयाँले भान्सा घर तथा शौचालय निर्माण गर्ने उनले बताए ।
    समितिका अध्यक्ष बिजय गुरुङको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, वडा नं. ४ का अध्यक्ष नेत्र गुरुङ्ग, नेपाली काङ्ग्रेस निर्वतमान तनहुँ जिल्ला सदस्य चिजा श्रेष्ठ, वडा सदस्य टेक ब. थापा, लेप ब. आले, तक माया दमै, दिनेश के.सी., क्लबका संस्थापक अध्यक्ष मन ब. गुरुङ्ग, क्लबका सचिव जय ब. गुरुङ्ग, कोषाध्यक्ष गौमती गुरुङ्ग, आँबुखैरेनी तरुण उपाध्यक्ष दिपेन्द्र अधिकारी, वडा तरुण अध्यक्ष श्रीमान थापा मगर लगायतको उपस्थिति रहेको थियो भने ।