× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन कांग्रेसको अधिवेशन फागुन १९ गते बिहीबार हुने

    ३ वर्ष पहिले

    फागुन-१७, नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन फागुन १९ गते बिहीबार हुने भएको छ।

    निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार बिहीबार जिल्ला अधिवेशन गर्न लागिएको हो।

    १९ गते बिहान ७ बजेदेखि निर्वाचन प्रकृया सुरू हुने उनले बताए।मतदाता नामावली प्रकाशन बिहीबार बिहान ७ बजे गर्ने तयारी रहेको छ।

    मतदान भने फागुन २० गते बिहान ९ देखि बेलुकी ५ बजेसम्म हुनेछ। निर्वाचन नारायणी कला मन्दिर नारायणगढमा हुनेछ।