× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    फागुन-१८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ

    आज दिउँसो प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

    यस्तै राती प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।