३ वर्ष पहिले
फागुन-१८, चितवनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ।पछिल्लो २४ घण्टामा ९ संक्रमित निको भएको छ।हाल चितवनमा सक्रिय संक्रमितको संख्या जम्मा ६० जना रहेको छ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन परीक्षण नहुँदा कोरोनाको नयाँ संक्रमित शुन्य भएकाे हो।
चितवनमा सक्रिय संक्रमितको मध्ये भरतपुर महानगरपालिकाको ३५ ,खैरहनी नगरपालिकाको ३, माडी नगरपालिकाको ८, रत्ननगर नगरपालिकाको ७, राप्ती नगरपालिकाको ४, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।
सक्रिय संक्रमित मध्ये ३ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ५७ जना घरको आइसोलेसनमा रहेका छन्।