× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १ सय २७ संक्रमित थपिए, निको हुनेको संख्या ३२१

    ३ वर्ष पहिले

    फागुन-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय २७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ६ सय ५६ जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार ६ सय १२ जनाको पिसिआर परीक्षण गर्दा १ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ३० हजार ७ सय ३८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार २ सय २ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ६७ हजार २ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय ७० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ५ सय ८० रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ९० जना रहेको छ।

    २४ घण्टामा ३ सय २१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५७ हजार ४ सय ८८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६८ जना र भेन्टिलेटरमा १० जनाको उपचार भईरहेको छ।