× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १ सय २६ संक्रमित थपिए, निको हुनेको संख्या ३८५

    ३ वर्ष पहिले

    फागुन-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ८ सय ९७ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ९१ जनाको पिसिआर परीक्षण गर्दा १ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ४० हजार २ सय ७८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ८ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ७१ हजार ५ सय ६० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ४२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ९९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४३ जना रहेको छ।

    २४ घण्टामा ३ सय ८५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५८ हजार १ सय ९३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५४ जना र भेन्टिलेटरमा १० जनाको उपचार भईरहेको छ।