× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन कांग्रेसको सभापतिमा कोईराला पक्षका राजेश्वर खनाल सर्वसम्मत

    ३ वर्ष पहिले

    फागुन-२१,नेपाली कांग्रेस चितवनको सभापतिमा कोईराला पक्षका राजेश्वर खनाल सर्वसम्मत चयन भएका छन् । दोस्रो चरणको मतदान हुनुअघि नै खनाल सर्वसम्मत सभापति चयन भएका हुन् ।

    पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गर्ने तयारी थियो ।अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।

    पहिलो चरणको मतदानमा राजेश्वर खनालले ७४६, मिलनबाबु श्रेष्ठले ६६२, उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए ।

    दोस्रो चरणको मदानमा खनाललाई सभापतिका अर्का उमेदवार उत्तम जोशी र सूर्यकान्त घिमिरेले समर्थन गर्ने निर्णय गरेका थिए ।

    मिलनबाबु श्रेष्ठ संस्थापन पक्ष अर्थात् कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने बाँकी चार उम्मेदवार कोइराला पक्षका हुन्।