× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमित थपिए, निको हुनेको संख्या ३६२

    ३ वर्ष पहिले

    फागुन-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ४६ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार १ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ४६ हजार ८४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ७ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ७८ हजार ७ सय ६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ६१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ३ सय ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय २३ जना रहेको छ।

    २४ घण्टामा ५ सय ३८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५९ हजार ९३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.८५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४७ जना र भेन्टिलेटरमा ९ जनाको उपचार भईरहेको छ।