× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    उद्योग वाणिज्य संघ–चितवनको फागुन ३० गते निर्वाचन

    ३ वर्ष पहिले

    फागुन-२३, उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वको लागि फागुन ३० गते निर्वाचन हुने भएको छ ।

    उद्योग वाणिज्य संघ–चितवनले प्रकाशित तालिका अनुसार फागुन २५ गते दिउँसो २:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन, २५ गते दिउँसो ५:०० बजे सम्म उम्मेदवारी दाखिल,२६ गते बिहान १२:०० बजे सम्म उम्मेदवारी फिर्ता र फागुन ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

    मतदान उद्योग वाणिज्य संघ–चितवनको कार्यालय परिसरमा हुने जनाएको छ।