× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमित १ सय ९४ थपिए, निको हुनेको संख्या ३४८

    ३ वर्ष पहिले

    फागुन-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ३ सय २८ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा ७४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ५५ हजार ८ सय ५८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ७ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ८२ हजार १ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ७५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ७ सय ४५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ३० जना रहेको छ।

    २४ घण्टामा ३ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५९ हजार ८ सय १७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४२ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भईरहेको छ।