× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमित २ सय २४ थपिए, निको हुनेको संख्या २५१

    ३ वर्ष पहिले

    फागुन-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ५ सय ५२ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ९ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा ६८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ६२ हजार ७ सय ९४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार १ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ८५ हजार ३ सय १७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ९२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ५ सय ६८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय २४ जना रहेको छ।

    २४ घण्टामा २ सय ५१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६० हजार ६८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३९ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भईरहेको छ।