× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुनको मूल्य एकैदिन तोलामा ३,५०० ले घट्यो

    ३ वर्ष पहिले

    फागुन-२६, सुनको मूल्य एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले घटेको छ ।

    बुधबार नयाँ रेकर्ड बनाउँदै एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज (बिहीबार) एक लाख दुई हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    छापावाला सुन एक लाख दुई हजारमा कारोबार हुँदा तेजावी सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार एक लाख पाँच हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य तीन हजार ५०० रुपैयाँले घटेको हो ।

    सुनसँगै आज चाँदीको मूल्य पनि एकैदिन ४५ रुपैयाँले घटेको छ । बुधबार तोलाको एक हजार ४५० मा कारोबार भएको चाँदी आज एक हजार ४०५ मा कारोबार भइरहेको सुन चाँदी व्यावसायिक महासंघले जनाएको छ ।