× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा १ जना नयाँ संक्रमित थपिए, निको हुने संख्या शुन्य

    ३ वर्ष पहिले

    फागुन-२६, चितवनमा पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिएका छन् भने निको हुनेको संख्या शुन्य रहेको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १२० पिसिआर परीक्षण हुँदा १ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने ७ एन्टीजेन परीक्षण हुँदा सबै रिपोर्ट नेगेटिभ आएको छ।कोरोना पुष्टि भएको १ जना भरतपुर महानगरपालिकाको रहेको छ ।

    चितवनमा सक्रिय संक्रमितको संख्य २८ जना रहेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको १२ ,खैरहनी नगरपालिकाको ३, माडी नगरपालिकाको ५, रत्ननगर नगरपालिकाको ४, राप्ती नगरपालिकाको ३, कालिका नगरपालिकाको १ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।

    सक्रिय संक्रमित मध्ये २ जना विभिन्न अस्पतालको आइसोलेसनमा र २६ जना घरको आइसोलेसनमा रहेका छन्।