× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पञ्जाबको विधानसभा निर्वाचनमा केजरीवालको जादु चल्यो

    ३ वर्ष पहिले

    फागुन-२६, पञ्जाबको विधान सभाको निर्वाचनमा केजरीवालको जादु चलेको छ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप)ले भारतको पन्जाब राज्यमा नयाँ सरकार गठन गर्ने भएको छ ।

    २० फेब्रुअरीमा भएको मतदानको मत परिणाम सार्वजनिक भएसँगै पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतीय सञ्चारमाध्यमले जनाएका अनुसार आपले पन्जाब विधानसभामा रहेको ११७ मध्ये ९० सिटमा जित हासिल गर्ने देखिएको छ । त्यहाँ सरकार बनाउन केवल ५९ सिट भए पुग्छ ।

    दोस्रो स्थानको कंग्रेस पार्टीले १७ सिट र तेश्रो स्थानको शिरोमणी अकाली दलले ७ सिटमा चित्त बुझाउन पर्ने देखिएको छ ।

    केन्द्र सरकार चलाइरहेको बीजेपी भने केबल २ सिटमा सीमित भएको छ ।आपको जितसँगै पन्जाबमा भगवन्त मनको नेतृत्वमा आपले नयाँ सरकार बनाउने जनाइएको छ ।