× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    स्व.दिपेन्द्र थापाको सम्झनामा दिप प्रज्वलन

    ३ वर्ष पहिले

    फागुन २६, मुग्लिन
    मुग्लिनका कुशल फुटबल खेलाडी स्व. दिपेन्द्र थापाको सम्झनामा दिप प्रज्वलन गरिएको छ । दिपेन्द्र स्मृति एकेडेमी मुग्लिनले एक कार्यक्रमको आयोजना गरी स्व. थापाको जन्मदिनको सम्झनामा दिप प्रज्वलन गरेको हो ।

    स्थानीय स्तरमा खेलकुद र सागेतिक दुवै क्षेत्रको विकासमा लागि परेका थापाको २०७८ भाद्र ८ गते अल्पायुगमै हृदयघातका कारण निधन भएको थियो । एकेडेमिले स्व.थापाको घर अगाडी आफन्त, स्थानीय खेलाडी, प्रशिक्षक, प्रशिक्षार्थी तथा स्थानीयहरुको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।


    छोटो समयमा नै खेलकुद क्षेत्रमा लोकप्रियता कमाउन सफल थापाले खेलकुदमा देखेकोे सपना पूरा गर्ने लक्ष्यका साथ स्थानीय युवाहरु मिलेर दिपेन्द्र स्मृति फुटबल एकेडेमी समेत सञ्चालन गरेको छ । एकेडेमीले २५ जना खेलाडीहरुलाइ २ जना प्रशिक्षक राखेर नियमित तालिम दिदै आएको छ ।

    सानो उमेर देखि नै खेल क्षेत्रमा कुशल खेलाडीको परिचय बनाएका थापाको स्मृतिमा दिपेन्द्र स्मृति महिला फुटबल प्रतियोगिता आयोजना गर्न गइरहेको एकेडेमीका संयोजक आकाश शेरचनले जानकारी दिए ।

    त्यस्तै आर्थिक अभावका कारण खेल क्षेत्रमा प्रवेश गर्न नसेकाहरुलाई यस एकेडेमिले निशुल्क रुपमा सहयोग गर्ने एकेडेमिका सदस्य सुरज सिलवालले बताए । हाल सम्म एकेडेमीले आफ्नो मेम्बारहरुबाट उठाएको रकमबाट मात्र प्रशिक्षार्थीहरुलाई निशुल्क रुपमा प्रशिक्षण गर्दै आएको छ निकट भविष्यमा एकेडेमी सञ्चालनार्थ स्थानीय सरकार तथा विभिन्न संस्थाहरुसंग सहयोगको लागि अपिल गरिने समेत सिलवालले बताए ।