× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउपालिकाको अध्यक्ष गुरुङ्गद्धारा मगर समाजको भवन उद्घाटन ।

    ३ वर्ष पहिले

    फागुन २६, चितवन
    नेपाल मगर संघ इच्छाकामनाको भवन आज एक कार्यक्रमको विच उद्घाटन गरिएको छ । चेरेस स्थित रहेको मगर समाजको भवन गाउपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ्गको प्रमुख आतिथ्य तथा उपाध्यक्ष कृति कुमार श्रेष्ठको विशेष आतिथ्यमा उद्घाटन भएको हो । भवनको निर्माण सम्पन्न भएसंगै स्थानीय सबैका लागि विभिन्न कार्यक्रमहरु गर्न सहज हुने कुरा बताउनुहुदै गाउपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ्गले आफु इच्छाकामना गाउँपालिकाको अध्यक्ष बनेपछि ७ वटै वडाहरुमा उल्लेखनिय विकास निर्माणका कामहरु गरेको बताउनुभयो । विभिन्न व्यक्तित्व तथा मगर समुदायहरुबाट उठेको रकममा गाउँपालिकाको झण्डै १४ लाख रुपैया सहयोग पाएपछि भवन निर्माण सम्पन्न भएको नेपाल मगर समाजका सचिव राकेश थापाले बताए ।
    कार्यक्रममा समाज घर निर्माण गर्न सहयोग पु¥याउने तथा आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा समितिका सल्लाहकार सदस्य पदम कुमारी मगरले स्वागत मन्तव्य राखेका थिए भने सचिव राकेश थापा र भरत थापा मगरले कार्यक्रम संचालन गरेका थिए । नेपाल मगर संघ इच्छाकामनाको अध्यक्ष जित बहादुर थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा पञ्चेबाजा, चुड्का नाच लगाएत विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिध, विभिन्न संघ संस्थाको प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।