× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भु-भागको थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    फागुन-२७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेकोले पहाडी भु-भागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    विभागको अनुसार देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भु-भागमा मौसम सामान्यता सफा रहने छ। देशको पहाडी भु-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १को उच्च हिमालीको भु-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।