× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ट्रक व्यवसायीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता वा भाडा समायोजनको माग: ढुवानी ठप्प पार्ने चेतावनी

    ३ वर्ष पहिले

    फागुन-२७, नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ । मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ ।

    नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य वृद्धि फिर्ता लिन माग गर्ने निर्णय गरेको हो । महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी व्यवसाय संकटमा परेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

    महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिले नेपाल ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा पारेको उल्लेख गरेका छन् ।

    व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ढुवानी व्यवसायीको समस्या’bout हामीले अवगत गराएको जनाएका छन् । ‘उहाँ सकारात्मक नै हुनुहुन्छ, वास्तविक समस्या हल हुने हामीले आशा लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।