× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमित ७७ थपिए, निको हुनेको संख्या १८९

    ३ वर्ष पहिले

    फागुन-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ७ सय ४१ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ६ सय ७ जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ७५ हजार २ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ३ सय ७४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ९० हजार २ सय १८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय १२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार १ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४ जना रहेको छ।

    २४ घण्टामा १ सय ८९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६० हजार ६ सय ८६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३२ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भईरहेको छ।