× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    फागुन-२८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू भागको एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    मौसम विभागको अनुसार देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहि वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    यस्तै राती देशभर मौसम सामान्यतया सफा रहने छ।