× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    शक्तिखोर फिस्लिङ्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदा ३ जनाको मृत्यु ।

    ३ वर्ष पहिले

    फाल्गुण २८, चितवन । शक्तिखोर फिस्लिङ सडकखण्ड अन्तरगत ईच्छाकामना गा.पा. वडा नं. २ स्थित वल्याङ्गबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल रमाइलो डाडाँमा शुक्रबार बेलुकी दुर्घटना हुदाँ मोटरसाइकलमा सवार ३ जनाको घटा स्थलमै ज्यान गएको तर दुर्घटनाको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा चितवन जिल्ला इच्छाकामना गा.पा. वडा नं. बस्ने पर्ष ३० का तिर्की गुरुङ, उनकी ५ बर्षिय छोरा आरोन गुरुङ र इच्छाकामना वडा नं. २ बस्ने बर्ष ३४ को नविन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जनाएका छन् । नविन गुरुङ नाताले तृकि गुरुङकी भदै रहको बताइएको छ ।
    मोटरसाइकल सडकबाट अन्दाजी ४०० मिटर तल सडकबाट तल खसेर दुर्घटना भएको हो । उनिहरुको शवलाई उद्वार गरी पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।