× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू-भागमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    फागुन-२९,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेकोले प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू-भागमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।देशको पूर्वी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    यस्तै राती देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भु-भागमा मौसम सामान्यतया सफा रहने छ।