× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमित ५८ थपिए, निको हुनेको संख्या १४८

    ३ वर्ष पहिले

    फागुन-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ९ सय ३७ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ५० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ८७ हजार २ सय ८५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ८ सय ७९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ९६ हजार ५ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ७ सय ५१ रहेको छ भने संस्थागत आइसोलेसनमा ६८ जना रहेको छ।

    २४ घण्टामा १ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६१ हजार २ सय १८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३० जना र भेन्टिलेटरमा ६ जनाको उपचार भईरहेको छ।