× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भोलि देखि सवारी अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन बन्द

    ३ वर्ष पहिले

    फागुन-३०, यातायात व्यवस्था विभागले सवारी अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन भोलि देखि बन्द गरेको छ । सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन अनिश्चित कालको लागि बन्द गरेको हो ।

    विभागका अनुसार पुराना आवेदकको ट्रायल परिक्षा सकाउने भन्दै यातायात विभागले नयाँ अनलाइन आवेदन बन्द गरेको जनाएको हो ।

    ‘हालसम्म परेका अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले यही मिति २०७६ चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ । विभागको सूचनामा भनिएको छ ।