× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    उद्योग वाणिज्य संघ–चितवनको निर्वाचन: वाणिज्य तर्फको उपाध्यक्षमा शिरिष पन्त र कर्पोरेट तर्फ राजेन्द्र ओली विजयी

    ३ वर्ष पहिले

    चैत्र-१, उद्योग वाणिज्य संघ–चितवनको फागुन ३० गते सम्पन्न मतदानमा वाणिज्य तर्फको उपाध्यक्षमा शिरिष पन्त र कर्पोरेट तर्फको उपाध्यक्षमा राजेन्द्र ओली विजयी भएको छ।

    यसैगरि वाणिज्यतर्फ ६ जना कार्यसमितिको सदस्यका लागि भएको निर्वाचनमा सर्वाधिक मत ल्याएर राजन पिया, दिपा शाही, ज्ञानप्रसाद न्यौपाने , नारायण थिरप्रसाद धिताल र धन प्रसाद पोख्रेल विजयी भएको छ।

    संघको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष उधोगतर्फ चिरञ्जीवी सुवेदी निर्विरोध निर्वाचित भइसकेका छन् ।

    त्यस्तै सदस्य उधोगतर्फ अशोक अधिकारी, इमान्दु बराल, इ कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया, सदस्य कर्पोरेटतर्फ रजनी मास्के र डा जीवनकुमार श्रेष्ठ, सदस्य महिलातर्फ पुर्णिमा श्रेष्ठ, क्षेत्रीय सदस्यतर्फ माडीबाट रेशमलाल आचार्य पनि निर्बिरोध निर्वाचित भएका छ।