× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमित ८३ थपिए, निको हुनेको संख्या १३०

    ३ वर्ष पहिले

    चैत्र-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार २० जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार ७ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ९२ हजार १९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार १ सय ५९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ९९ हजार ७ सय १२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय ४७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ६ सय ७१ रहेको छ भने संस्थागत आइसोलेसनमा ७५ जना रहेको छ।

    २४ घण्टामा १ सय ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६१ हजार ३ सय ४८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३० जना र भेन्टिलेटरमा ६ जनाको उपचार भईरहेको छ।