× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तामाङ घेदुङको अध्यक्षमा दोहोरिए मोहन गोले

    ३ वर्ष पहिले

    चैत-२, नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा मोहन गोले तामाङ नै दोहोरिएका छन्। मंगलवार भएको निर्वाचनबाट उनी ४०१ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी बेली लामा तामाङले १०७ मतमात्र प्राप्त गरिन्।

    घेदुङका विभिन्न पदमा मंगलवार अबेर मतदान सकिएसँगै मतगणना राति नै शुरु भएको थियो। मतगणना सकिएसँगै बुधवार बिहान निर्वाचन समितिका संयोजक केएल योञ्जनले मतपरिणाम सार्वजनिक गरेका हुन्।

    घेदुङको सह अध्यक्षमा कुमार घिसिङ, तीन सचिवमा जयमान वाइवा, बेलबहादुर तामाङ र गोमानसिंह तामाङ निर्वाचित भए।

    यस अघि वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन तामाङ, ७ उपाध्यक्षहरुमा नरबहादुर मोक्तान, सोम्बले तामाङ धर्म डुम्जन, दीपक तामाङ, मानबहादुर तामाङ, सञ्चु ब्लोन र सीता तामाङ, महासचिवमा काजीमान थिङ, उपमहासचिवमा जगतमा लामा दोङ र हर्कमान,महिला सचिवमा बिना कुमारी मम्बा, कोषाध्यक्षमा रुपबहादुर योञ्जन र सहकोषाध्यक्ष सावित्री तामाङ निर्विरोध चयन भए।

    घेदुङको नवौं महाधिवेशनले १०१ जनाको कार्यसमिति निर्माण गरेको छ।