३ वर्ष पहिले
चैत्र-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार १ सय २९ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ६ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ९८ हजार ४ सय६३ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ३ हजार ९३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ४ हजार १ सय ९० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ७६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ३ सय २ रहेको छ भने संस्थागत आइसोलेसनमा ७४ जना रहेको छ।
२४ घण्टामा २ सय २० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६२ हजार १ सय २२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.०४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २८ जना र भेन्टिलेटरमा ६ जनाको उपचार भईरहेको छ।