× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    होलीको दिन दुर्घटनामा परि ३ घाइते

    ३ वर्ष पहिले

    चैत्र ३, मुग्लिन
    हाइवे क्षेत्रको विभिन्न ठाउमा आज भएको दुर्घटना ३ जना घाइते भएका छन् । आज विहान मोटरसाइकलको ठक्करबाट मुग्लिका एक स्थानीय बालक गम्भीर घाइते भएका हुन् । काठमाण्डौबाट मुग्लिन तर्फ आउदै गरेको बा ७१ प ७८९१ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा मुग्लिनका स्थानीय वर्ष १२ का विशाल श्रेष्ठ घाइते भएका हुन् । उन्का भरतपुर स्थित रहेको नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


    त्यस्तै काठमाडौबाट मुग्लिन तर्फ आउदै गरको ना ६ ख ६५१० नम्बरको ट्रकले सोही दिशाबाट आउदै गरेको ग ९ प ९०२१ नम्बरको मोटरसाइकललाई घोप्टेभिर नजिकै ठक्कर दिदा मोटरसाइकलमा सवार एक महिला घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेमा गोरखा पालुङ्गटारकी वर्ष २८ की रश्मी श्रेष्ठ रहेको बताइएको छ । बाया खुट्टामा चोट लागेको उन्लाई मुग्लिन हाइवे हस्पिटलमा उपचारपछि थप उपचारको लागि भरतपुर स्थित रहेको पुरानो मेडिकल कलजे पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


    त्यस्तै मुग्लिन बाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ४१३१ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको बा ८३ प २६०० नम्बरको स्कुटरलाई ज्यामिरेघाट धादिङ्गमा ठक्कर दिदा स्कुटर चालक घाइते भएको इलाका प्रहरी कार्यालय मझिमटारका प्रहरी नायाव निरिक्षक विष्णु बहादुर नेपालीले जनाएको छ । दुर्घटनमा परि घाइते हुनेमा चितवन जिल्ला इच्छाकामना गाउपालिका वडा नं. ५ मुग्लिनका किरण गुरुङ्ग रहेको उन्ले जनाएको छ । उन्को उपचारको लागि भरतपुर पठाइएको र ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।