× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोभिड-१९ को नयाँ भेरियन्ट डेल्टाक्रोन कति खतरनाक?

    ३ वर्ष पहिले

    चैत-५, डेल्टाक्रोनको पहिलो संक्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मार्च ९ मा वैज्ञानिकहरूले नयाँ कोभिड-१९ भेरिएन्ट पत्ता लगाएको घोषणा गर्‍यो।

    डेल्टा र ओमिक्रोन भेरिएन्टको संयुक्त रूप भएकाले यो नयाँ भेरिएन्टलाई ‘डेल्टाक्रोन’ नाम दिइएको छ। डब्ल्यूएचओले यो भेरिएन्टलाई एवाई.४/बीए.१ पनि भन्छ र यसलाई अहिलेसम्म ‘चिन्ताको भेरिएन्ट’ का रूपमा वर्गीकरण गरिएको छैन।

    जसको अर्थ यो भेरिएन्ट अहिलेसम्म जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने खालको देखिएको छैन। डेल्टाक्रोनको संक्रमण युरोप, अमेरिका र दक्षिण अमेरिकामा भेटिएको छ।

    तर वैज्ञानिकहरू यो भेरिएन्ट कत्तिको संक्रामक छ वा यसमाथि खोपले कति काम गर्छ वा यसले गम्भीर खालका लक्षण ल्याउँछ कि ल्याउँदैन भन्ने कुरामा स्पष्ट भइसकेका छैनन्। डेल्टाक्रोनको पहिलो संक्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो।

    त्यसयता यो बेल्जियम, जर्मनी, डेन्मार्क र नेदरल्यान्डमा फेला परिसकेको वैज्ञानिकहरूले कोरोना भाइरस बारे जानकारी आदानप्रदान गर्ने अनलाइन जीसेडमा उल्लेख गरिएको छ। हालैका दिनमा डेल्टाक्रोन यूके, अमेरिका र ब्रजिलमा पनि भेटिएको छ।

    हेलिक्सका वैज्ञानिकहरूले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को फेब्रुवरीसम्म संकलन गरेका कोभिडका २९,००० नमुनामध्ये दुई नमुनामा मात्रै डेल्टाक्रोन संक्रमण देखिएको छ। त्यो समयावधि भनेको अमेरिकामा डेल्टा र ओमिक्रोन ज्यादै फैलिएको समय थियो।

    अध्ययनकर्ताहरूले अहिलेका लागि यो नयाँ भेरिएन्ट विरल भएको र यो डेल्टा र ओमिक्रोन संयुक्त भाइरस ओमिक्रोनभन्दा बढी संक्रामक भएको कुनै प्रमाण नभेटिएको बताएका छन्