× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाल बुद्धिजीवी परिषद् चितवनको अध्यक्षमा लक्ष्मीकान्त चालिसे

    ३ वर्ष पहिले

    चैत-५, नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति चितवनको नवौं जिल्ला अधिवेशनले लक्ष्मीकान्त चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    परिषद्को उपाध्यक्षमा नरेन्द्र कंडेल, सचिवमा डा. निराजन भट्टराई, कोषाध्यक्षमा सिता रिजाल र सहसचिवमा एकराज शर्मा चयन हुनुभएको छ ।

    यसै गरी परिषद्को कार्यसमिति सदस्यहरूमा रत्ननगर नगरपालिका बाट नबराज बराल, खैरहनी जगनाथ पोख्रेल, कालिकाबाट सुर्यभक्त पोख्रेल, माडीबाट नेत्रवल्लभ पोख्रेल, ईच्छाकामना गाउँपालिकावाट इन्दिरा सापकोटा र भरतपुर महानगरपालिकाबाट कृष्णप्रसाद ढकाल र मिनराज बस्ताकोटी चयन हुनुभएको छ ।

    यस्तै लेखा समिति संयोजकमा दीपक बाबु नेपाल र लेखा समिति सदस्यमा बसन्त पौडेल र विष्णु देवी शर्मा निर्विरोध चयन भएका हो।

    अधिवेशनको प्रमुख अतिथि केन्द्रीय सदस्य जेएन थपलियाले उद्घाटन गर्नुभएको थियो ।

    परिषद्का अध्यक्ष दीपक प्रसाद शिवाकोटीको अध्यक्षता तथा लक्ष्मीकान्त चालिसेले सञ्चालन गरेको उद्घाटन सत्रमा लक्ष्मीकान्त चालिसेले साङ्गठनिक र कोषाध्यक्ष विनोद मिश्रले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवाली, चितवन क्षेत्र नं ३ का प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय सचिवालय सदस्य डा. ईश्वरीप्रसाद कडरिया, एमाले चितवनका सचिव प्रकाश खनाल शैलेश,एमाले चितवनका बुद्धिजिवि परिषद्का ईन्चार्ज हरिप्रसाद आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

    मदन-आश्रति स्मृति भवन भरतपुरमा सम्पन्न भएको कार्यक्रममा पूर्वअध्यक्ष भवनाथ सडौलालाई सम्मान गरिएको थियो ।